वालुवाटारस्थित ललिता निवासको सबै जग्गा रोक्का « Nagarik Khabar

वालुवाटारस्थित ललिता निवासको सबै जग्गा रोक्का



काठमाडौं । सरकारले भूमाफियाले कब्जा जमाएका प्रधानमन्त्री निवासलगायतका महत्वपूर्ण सरकारी कार्यालय रहेको बालुवाटारस्थित ललिता क्याम्पको जग्गा फिर्ता प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ ।

सोही क्रममा भूमाफियाद्वारा हडपिएको ११३ रोपनीका साढे ४ सय कित्ताको पहिचान गरी ती सबै जग्गा रोक्का राखिएको भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

गत २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले हडपिएका सबै सरकारी जग्गा सरकारको नाममा ल्याउने निर्णय गर्दै त्यससम्बन्धी सम्पूर्ण जिम्मेवारी भूमि व्यवस्था मन्त्रालयलाई दिएको थियो । यो समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा प्रकासित गरेको छ ।

सरकारले दिएको सो जिम्मेवारीअनुसार जग्गाको कित्ताकाट गरी सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको मन्त्री अर्यालको भनाइ छ । मन्त्री अर्यालका अनुसार ती सबै जग्गा शुक्रबारदेखि नै रोक्का राख्ने निर्णय गरिएको छ ।

मन्त्री अर्यालले सो विवादित जग्गाबारे सत्य तथ्य बाहिर ल्याउन छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको पनि सुरुवात गरिएको जानकारी दिइन् । सार्वजनिक र गुठीका अतिक्रमण भएका सबै सरकारी जग्गा फिर्ता गर्ने पनि उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: