जेठबाट तातोपानी नाका सञ्चालनमा आउने « Nagarik Khabar

जेठबाट तातोपानी नाका सञ्चालनमा आउने



चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रम्ख व्यापरिक नाका तातोपानी नाका आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीब्र पारेको छ ।

तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनसाथ नाका सञ्चालनमा आउने उद्योग तथा बाणिज्य मन्त्रालयले जनाएको छ ।

२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पपछि यो व्यापारिक नाका बन्द छ ।

बन्दरगाह हस्तान्तरण भएपछि नाका सञ्चालनमा ल्याउने सहमति यसअघि नै भएको छ । चीन सरकारले पनि आगामी मे देखि नाका सञ्चालनको तयारी तीब्र बनाउदै लगेको छ । यो समाचार आजको नागरिक दैनिकले प्रकासित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: