ऐतिहासिक घोषणा : बेलायतको अल्डरसट टाउनमा नेपालले खेल्ने « Nagarik Khabar

ऐतिहासिक घोषणा : बेलायतको अल्डरसट टाउनमा नेपालले खेल्ने



लन्डन । नेपाली राष्ट्रिय फुटबल टिमले बेलायती भूमिमा खेल्ने ऐतिहासिक घोषणा भएको समाचार आजको कान्तिपुर दैनिकले पृष्ठ ९ मा छापेको छ ।

सन् २०२० मे ३० मा इंग्ल्यान्ड सी टिम र नेपाली राष्ट्रिय टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा खेल हुने घोषणा गरिएको हो ।

सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने भएको छ । इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले उक्त मैत्रीपूर्ण खेलमा ३० हजारभन्दा बढी दर्शक अपेक्षा गरेको छ ।

बेलायत-नेपाल सम्बन्धको २०३ बर्षे इतिहासमा नेपाली फुटबल टोली आउन लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: