चिया मजदुर आन्दोलनमा,यो वर्षको पहिलो टिपाई बहिष्कार « Nagarik Khabar

चिया मजदुर आन्दोलनमा,यो वर्षको पहिलो टिपाई बहिष्कार



यो वर्ष समयमा चिया बगानबाट हरियो पत्तिको पहिलो टिपाई (फस्ट फ्ल्स) नहुँदा समग्र तयारी चिया उत्पादनमा १५ प्रतिशतले गिरावट आएको छ। चिया मजदुरको हकमा सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक उद्योगीले दिन नमान्दा समग्र चिया खेतीमा ठूलो मूल्यबराबरको घाटा लागेको हो।
श्रममन्त्रालयले गतसाउन १ गतेदेखि लागु हुने गरी चिया मजदूरको हकमा दैनिक न्युनतम पारिश्रमिक दुई सय ७८ लाई वृद्धि गरी तीन सय ८५ रुपैयाँ तोकेको थियो। वृद्धि गरिएको उक्त पारिश्रमिक उद्योगीले दिन नसक्ने भन्दै अडान लिएपछि झापासहित अन्य स्थानका चिया मजदुर गतचैत १७ गतेदेखि यो वर्षको पहिलो टिपाई वहिष्कार गरी आन्दोलनमा छन्। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा प्रकासित भएको छ ।

आन्दोलनका कारण मुख्य गरी झापाको सम्पूर्ण बगान र प्रशोधन गर्ने उद्योगसमेत पूर्ण रुपमा बन्द छ। यो आन्दोलन झापासहित इलाम, पाँचथर र धनकुट्टामा भइरहेको छ। झापामा फागुनदेखि र पहाडी जिल्लामा चैत १५ देखि चियाको बोटमा पलाएको पहिलो नयाँ मुनाको टिपाई सुरु हुन्छ।
चिया मजदुरहरुले सरकारले वृद्धि गरेको दैनिक न्युनतम पारिश्रमिक निशर्त पाउनुपर्ने माग राखेर गरेको आन्दोलनका कारण समग्र चिया खेतीदेखि प्रशोधन तथा बजारीकरणसम्म प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: