विद्यार्थी खोज्दै घरघरमा « Nagarik Khabar

विद्यार्थी खोज्दै घरघरमा



बालबालिका खोज्दै कालिकोटस्थित नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधि गाउँ पसेका छन्। विद्यालय पहुँचबाहिर रहेका बालबालिकालाई भर्ना गराउन उनीहरू घरदैलो अभियानमा जुटेका हुन्।
बालबालिकालाई विद्यालयमा ल्याउन अभिभावकसँग छलफल गर्न घरदैलो कार्यक्रम सुरु गरिएको १ नम्बरका वडाध्यक्ष पृथी विष्टले बताए। भर्ना भएका अधिकांश बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाड्न लागेपछि आर्थिक सहायतासहित गाउँ पसेको उनले बताए। यो समाचार अन्नपूर्णपोष्ट दैनिकले प्रकासित गरेको छ ।

विष्टका अनुसार वडा नम्बर १ र २ मा विद्यालय छाडेका बालबालिका लक्षित भर्ना अभियान सञ्चालन गरिएको छ। नन्दादेवी माध्यमिक विद्यालय कोटवाडाको सेवा क्षेत्रभित्र रहेको अमनेपानीका पाँच बालबालिकालाई भर्ना गरी घरदैलो कार्यक्रम सुरु गरिएको छ। गाउँपालिकाले विद्यार्थी टिकाउन दिवा खाजा र छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: