हावाहुरीबाट भत्किएका घरको पुनर्निर्माण वैशाख अन्तिमबाट थालिने « Nagarik Khabar

हावाहुरीबाट भत्किएका घरको पुनर्निर्माण वैशाख अन्तिमबाट थालिने



गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीबाट भत्किएका घरको पुनर्निर्माण वैशाख अन्तिमबाट थालिने भएको छ । निर्माण जिम्मा पाएको नेपाली सेनाले शनिबार त्यसतर्फ टोली पठाएको छ । १२ वटा समूह (क्लस्टर) बनाएर काम सुरु गरिने छ ।जसमा बारामा ३ र पर्सामा ९ वटा क्लस्टर रहने छ । दुई जिल्लामा १ हजार ४ सय ५३ घर पूर्ण रुपमा भत्किएका छन् ।
सबैभन्दा बढी बारामा १ हजार ३ सय ६२ र पर्सामा ९१ घर ध्वस्त भएका छन् । ’शनिबारबाट प्रभावित क्षेत्रमा घर बनाउन खटिने टोली पठाइसकेका छौं,’ सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’ वैशाख २५ गतेसम्म आवश्यक सबै सामान जुटाउने काम हुनेछ, त्यसपछि निर्माण थालिने छ ।’ यो समाचार कान्तिपुर दैनिकमा प्रकासित भएको छ ।

मौसमले प्रभाव नपारे साउन १२ गतेसम्म निर्माणको काम सक्ने लक्ष्य रहेको सेनाले बताएको छ । निर्माणमा सेनासहित करिब ६ हजार खटिने छन् । जसमा आधा संख्या सेनाको रहने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: