खुलामञ्चको खल्लो कथा : ३० दिनसम्म नदेख्ने सरकारले व्यापारीलाई ३० मिनेट पनि दिएन « Nagarik Khabar

खुलामञ्चको खल्लो कथा : ३० दिनसम्म नदेख्ने सरकारले व्यापारीलाई ३० मिनेट पनि दिएन



सरकारले आँखा अगाडि सटर बनाएर ठेकेदारले ११ देखि १५ लाखका दरले ५१ साना व्यापारीबाट उठाएको साढे सात करोडको जिम्मेवार को ?

खुला मञ्चमा बनाइएका ५१ वटा अवैध सटरमा शनिबार डोजर चलाइयो । सटर भत्काइएसँगै साना व्यापारीको झन्डै आठ करोड रुपैयाँ डुबेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

उनीहरूले व्यापार गर्ने ठाउँ लिएबापत ठेकेदार कम्पनीलाई प्रतिसटर १५ लाख रुपैयाँ सलामी बुझाएका थिए । सलामी रकम असुल्ने ठेकेदार हुन्, बसपार्कस्थित काठमाडौं टावर निर्माणको ठेक्का लिएको कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक मनोज भेटवाल ।

खुलामञ्चको भुइँ ढलान गरी ठेकेदारले ५१ वटा सटर बनाएर भाडामा लगाउँदा ३० दिनसम्म नदेखेको सरकारले साना व्यापारीलाई सामान उठाउन ३० मिनेट पनि दिएन । सामान जोगाउन बालबालिकाले समेत भाग दौड गर्नुपर्यो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: