आज हल्का पानी पर्ने संभावना « Nagarik Khabar

आज हल्का पानी पर्ने संभावना



काठमाडौं । आज काठमाडौ उपत्याका लगायत देशका विभिन्न भूभागमा आंशकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाले जारी गरेको विज्ञप्ति अनुसार देशका पूर्वी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ र मध्य र पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा अपरान्ह पछि वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
यस्तो छ आइतबारदेखि मंगलबारसम्मको मौसमी विवरण

बैशाख १५ गते (आइतबार)

दिउँसोः देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रहनेछ, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ र मध्य र पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा अपरान्ह पछि वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

राति देशको पूर्वी भूभागमा लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १६ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भूभागमा लगायत मध्य र पश्चिमका पहाडी भु(भागमा आंशिक बदली रहनेछ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमी पहाडी भेगका एक र दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।

बैशाख १७ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भूभागमा लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बांकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका लगायत मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति देशभरि नै मौसम सामान्यतया बदलि रहनेछ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: