काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । आजदेखि जेठ ८ गतेसम्म सञ्चालन हुने १२ र ११ को परीक्षामा अमर्यादित कार्य गरे त्यसलाई ६ महिनासम्म कैद गर्ने व्यवस्थासहित परीक्षालाई कडाई गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डभित्र कन्ट्रोल रुम समेत खडा गरेर अनुगमन गर्न थालिएको बोर्डले जनाएको छ ।
सुरक्षा निकायसँग रहेको परीक्षासँग सम्बन्धी सामाग्री आधिकारिक व्यक्ति बाहेक अन्य कसैलाई पनि नदिने परीक्षामा अमर्यादित कार्य गर्ने जो सुकैलाई पनि कानुनी कारवाहीका लागि सुरक्षा निकायलाई बुझाउने जस्ता कडा नियम बनाएर परीक्षा सञ्चालन गरिएको पनि बोर्डले जनाएको छ । बोर्डका अनुसार कक्षा १२ मा देशभरिबाट ५ लाख ८ हजार परीक्षार्थीहरु सहभागी भएका छन् भने त्यसका लागि १ हजार १ सय ७ वटा केन्द्र तोकिएको छ ।