प्रचण्ड र देउवालाई पत्रकार महासंघको ज्ञापन पत्र (भिडियोसहित) « Nagarik Khabar

प्रचण्ड र देउवालाई पत्रकार महासंघको ज्ञापन पत्र (भिडियोसहित)



काठमाडौं । पत्रकारहरूको गिरफ्तारी र प्रेस स्वतन्त्राको पक्षमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष नेपाल पत्रकार महासंघका पदाधिकारी ज्ञापन पत्र बुझाएका छन् । महासंघले आईतबार बिहान ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहालको निवास पुगी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति सहितको व्यवस्था गरि कानुन निर्माण गर्न माग गर्दै १६ बुंदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दाहालले महासंघले प्रेस स्वतन्त्रता र राज्यले त्यसप्रति लिनुपर्ने जिम्मेवारी र दायित्वबारेमा तयार पारेको ध्यानाकर्षण पत्रको प्रसंसा गर्दे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी सधै प्रतिवद्ध रहेको बताए । प्रेसको सहयोग र साथ नभएको भए आफु अहिलेको अवस्थामा नआईपुग्ने भन्दै उनले महासंघले लोकतन्त्र प्राप्ति लगायत मुलुकका हरेक राजनीतिक परिर्वतनमा गरेको सहयोगको प्रसंसा गरे । ‘जेल नेल याताना सबै कुरा भोगेका हरुकै सरकार छ । प्रेस कै सहयोगले गर्दा प्रधानमन्त्री मन्त्री जो जो छन् सबै । एक समयका हण्डर ठक्कर खाएर प्रेसलाई गुहार्दै हिडेकाहरु नै छौ । त्यसैले यो बेला धेरै चिज हुनुपर्छ भन्ने तपाईहरुको भनाई विल्कुल जायज छ ।’ उनले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरि कानून निर्माण गरिने सन्र्दभमा आफुले सरकार र पाटीमा पनि कुरा गर्ने आश्वासन दिए ।

  • हेर्नुहोस् नेकपा अध्यक्ष प्रचण्डको भनाइ

महासंघका सचिव रामप्रसाद दहालका अनुसार सो ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रेस स्वतन्त्रताको बारेमा आफू र आफ्नो पार्टी सचेत रहेको बताएका छन् ।स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिताको पक्ष आफू रहेको पत्रकारहरुले पनि मुलुक र जनताका लागि निपक्ष पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।नेपाल पत्रकार महांघको टोली प्रचण्डपछि प्रमुखप्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर प्रेस स्वतन्ताको पक्षमा ज्ञापनपत्र बुझाएको थियो ।

प्रप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरे । पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले पत्रकारहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति समेत जनाए ।

  • हेर्नुहोस् कांग्रेसका सभापति देउवाको भनाइ

 

नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बुढानिलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पारे । सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी थियो । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिवद्धता पनि व्यक्त गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने सभापति देउवाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: