युनिभर्सिटी अफ लोजानको सहयोगमा सिस्मोमिटर जडान « Nagarik Khabar

युनिभर्सिटी अफ लोजानको सहयोगमा सिस्मोमिटर जडान



गलेश्वर । सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वन बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पकको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ ।

स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो ।

यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राखिनेछ ।

विद्यालयमा जडान गरिएको उक्त यन्त्र शुभारम्भ गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भुकम्पको जोखिम न्यूनीकरणमा उपकरणको जडानसँगै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: