जुवाखालमा मध्यरात प्रहरीको छापा : ११ जना पक्राउ « Nagarik Khabar

जुवाखालमा मध्यरात प्रहरीको छापा : ११ जना पक्राउ



काठमाडौं । काठमाडौको कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं.६ तिवारीटोलस्थित प्रेम तिवारीको घरमा प्रहरी मध्यरातमा छापा मारी ११ जना पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र बोगटीका अनुसार प्रहरीले सो घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ घर भई कागेश्‍वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने बर्ष ५४ को रेन्जेन दोङ समेतका मानिसहरुलाई पक्राउ गरेको हो ।
पैसाको हारजित हुने गरी जुवा खेली खेलाईराखेको अवस्थामा महानगरीय प्रहरी वृत्त वौद्दको टोली सो घरमा पुगेको थियो । प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११व्यक्ति, ३ बुक तास र नगद रु १ लाख १६ हजार ८असय १५ रुपैया बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: