सरकारले डाक्टरसँग मागेको समय आजबाट सकिदै, होला त वार्ता ? « Nagarik Khabar

सरकारले डाक्टरसँग मागेको समय आजबाट सकिदै, होला त वार्ता ?



सरकारले डाक्टरसँग मागेको समय आजबाट सकिदै, होला त वार्ता ?
काठमाडौं । कर्मचारी समायोजनका विषयमा असहमति राख्दै सरकारी चिकित्सकहरुको माग पुरा गर्न सरकारले मागेको समय आजबाट सकिँदैछ । गत चैत ३० गतेबाट आन्दोलन स्थगित गरेर काममा फर्केका सरकारी चिकित्सकहरुले वैशाख १५ सम्म आफ्ना माग पूरा हुने आश्वासन पाएपछि आन्दोलन स्थगित गरेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चैत ३० गते शनिबार भएको वार्तामा सरकारले वैशाख १५ गतेसम्मको समय माग गरेको थियो। सोही अनुसार सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलनका कार्यक्रम स्थगन गरेको थियो । माग पुरा नभए गोदानले पुन आन्दोलन चर्काउने चेतावनी दिइसकेको छ। १५ दिनको यो अवधिमा सरकारी डाक्टरका प्रतिनिधीलाई स्वास्थ्य मन्त्रालयबाट माग पुरा गर्ने विषयमा कुनै पनि जानकारी दिएको र छलफल समेत गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: