आइपिएलको आजको खेलमा सन्दीप खेल्ने सम्भावना बलियो « Nagarik Khabar

आइपिएलको आजको खेलमा सन्दीप खेल्ने सम्भावना बलियो



एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली नेपाली समय अनुसार सवा चार बजे दिल्लीमा भिड्ने छन् । त्यस्तै आजै हुने दोस्रो खेलमा कोलकाता र मुम्बईबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलमा सन्दीप खेल्ने सम्भावना बढी रहेको क्रिकेटको अन्तर्राष्ट्रिय वेभसाइट क्रिक इन्फोले जनाएको छ । दिल्लीमा यसअघि सन्दीपले खेलेको म्याचमा उनले ३ विकेट लिएका थिए । त्यसैले पनि आजको खेलमा सन्दीपले स्थान पाउने सम्भावना बलियो छ ।
दिल्लीको पिच स्पीनर अनुकुल भएकाले आजको खेलमा दिल्लीले सन्दीपलाई खेलाउने सम्भावना छ । उनी मैदान प्रवेश गर्ने अवस्थामा क्रिस मोरिस वा कोलिन इन्ग्राम मध्य एक जना बाहिरिनु पर्छ । आजको खेल जितेमा दिल्ली प्लेअफमा पुग्ने सम्भावना बलियो हुन्छ ।
आइपीएल क्रिकेटको शनिवार रातीको खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको थियो । राजस्थानले हैदरावाद्लाई ७ विकेटेल हरायो । पहिले व्याटिङ्ग गरेको हैदरावादले ८ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो । जवाफी व्याटिङ्ग आएको घरेलु टोली राजस्थानले १९ओभर १ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
राजस्थान जितसंगै अंक तालिकाको छैठौ स्थानमा पुगेको छ । उसले १२ खेलबाट १० अंक जोडेको छ । हैदरावाद भने १० अंक सहित चौथो स्थानमा छ । आइपिएलमा सबै टोलीले एक अर्का विरुद्ध १४ म्याच खेल्ने छन् । शीर्ष स्थानमा रहेको चेन्नईको १२ खेलबाट १६ अंक छ भने दोस्रो स्थानको मुम्बईको ११ खेलबाट १४, तेस्रो स्थानको दिल्लीको समान खेलबाटै १४ अंक र पाँचौं स्थानको पञ्जाबको ११ खेलबाट १० अंक रहेको छ । पुछारको बैंगलोरको ८ र पुछारबाट दोस्रो स्थानमा रहेको कोलकाताको पनि समान ११ खेलबाट ८ अंकनै रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: