मेसीको निर्णायक गोलमा बार्सिलोनाले जित्यो २६औं लिग उपाधि « Nagarik Khabar

मेसीको निर्णायक गोलमा बार्सिलोनाले जित्यो २६औं लिग उपाधि



म्याड्रिड । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका लियोनल मेसीको निर्णायक गोलमा लेभान्तेलाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाले जारी सिजनको अन्तिम तीन खेल अगावै उपाधि सुरक्षित गरेको हो ।

अन्तिम तीन चरणको खेल बाँकि रहदाँ बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको म्याड्रिड भन्दा स्पष्ट नौं अंकको अग्रता बनाएको छ । बाँकी रहेको तीन खेल सबैमा जित हात पारेको अवस्थामा समेत एट्लेटिकोले बार्सिलोनालाई भेट्ने छैन । समान ३५÷३५ खेलपछि शीर्ष स्थानको बार्सिलोनाको ८३ र दोस्रो स्थानको एट्लेटिकोको ७४ अंक भएको छ ।

बार्सिलोनाले अर्नेस्टो भारभर्दीले क्लबको जिम्मेवारी सम्हालेपछि लगातार दोस्रो सिजन स्पेनिस ला लिगाको उपाधि जितेको हो । पछिल्लो ११ सिजनमा आठौं उपाधि जितेको बार्सिलोनाका लागि समग्रमा भने स्पेनिस ला लिगाको यो २६औं उपाधि हो ।

बार्सिलोना स्पेनिस ला लिगाको सर्वाधिक उपाधि जित्ने दोस्रो टोली समेत हो । बार्सिलोना भन्दा बढी रियल म्याड्रिडले मात्रै ३३ पटक उपाधि जितेको छ ।

शनिबार घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा टोलीलाई उपाधि दिलाउँन मेसीले खेलको ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए । पहिलो हाफसम्म बेञ्चमै बसेका मेसी दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । मैदानमा प्रवेश गरेलगत्तै उनले आफ्नो प्रभाव देखाउँन सुरु गरेका थिए ।

मैदानमा प्रवेश गरेको झण्डै १० मिनेटपछि नै उनले गोल गरेका थिए । त्यससँगै घरेलु मैदानमा उपस्थित ९० हजार बढि घरेलु दर्शकले खुसी मनाउँन सुरु गरेका थिए । यो सिजन बार्सिलोनालाई उपाधिसम्म डोहो¥याउन ३४ गोल गरिसकेका मेसीले समग्रमा सबै प्रतियोगितामा गरी यो सिजन आफ्नो गोल संख्या ४६ पु¥याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: