क्रिस्टियानो रोनाल्डोको ६००औं क्लब गोल « Nagarik Khabar

क्रिस्टियानो रोनाल्डोको ६००औं क्लब गोल



रोम । क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा ६००औं गोल पुरा गरेका छन् । इटालियन सिरी ए लिगअन्तर्गत शनिबार भएको खेलमा इन्टर मिलानविरुद्ध गोल गर्दै रोनाल्डोले आफ्नो खेल जिवनमा नयाँ उपलब्धि हासिल गरेका हुन् ।

जसमध्ये चार सय ५० गोल उनले आफ्नो पूर्वक्लब रियल म्याड्रिडका लागि गरेका छन् । म्यानचेस्टर युनाइटेडका लागि एक सय १८ गोल गरेका उनले स्पोर्टिङ लिस्बोनका लागि पाँच गोल गरेका छन् । यस्तै युभेन्टसका लागि २७ गोल गरेका छन् ।

उनले युभेन्टसका लागि लिग फुटबलमा भने शनिबार २०औं गोल गरेका हुन् । उनकै गोलको मद्धतमा युभेन्टस एक गोलले पछि परेको अवस्थाबाट फर्किएर मिलानसँग १–१ गोलको बाराबरी खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: