सेलोमा समर्पित फुलकुमार बम्जन (भिडियो) « Nagarik Khabar

सेलोमा समर्पित फुलकुमार बम्जन (भिडियो)



तामाङ समुदायको मौलिक पहिचान बोकेको सेलो संगीत तथा डम्फु बाजा संरक्षणमा गायक फुलकुमार बम्जन सक्रिय भएका छन् । तामाङ सेलोको धुन र डम्फुको तालमा ननाच्ने नेपाली अत्यन्तै कम छन् । पछिल्लो समय आफ्नै समुदायको प्राथमिकतामा नपरेपछि तामाङ सेलो कम बज्न थालेको थियो ।

नेपाली लोक गीत संगीतमा सेलो चर्चित छ । नेपाली संगीत प्रेमी धेरैको रोजाइमा पर्ने सेलो र डम्फु बाजा संरक्षणमा बम्जन सक्रिय छन् । जाति र क्षेत्रगत हिसाबले सीमित भए पनि तामाङ संस्कृति संरक्षणमा उनको योगदान उल्लेख्य रहेको छ । स्वदेशभन्दा धेरै विदेशमा बस्ने नेपालीले नेपाली मौलिक गीत संगीतको विकासमा योगदान दिएका उनको दावी छ ।

सेलो गायक तथा गीतकार बम्जन झण्डै दुई दशकदेखि मौलिक गीत संगीतमा सक्रिय छन् । स्वदेशमा मात्र नभएर नेपाली समुदाय बसोबास गर्ने संसारका विभिन्न देशमा समेत उनले प्रस्तुती दिने गरेका छन् ।

उनै सेलो गायक तथा गीतकार फुलकुमार बम्जनसँगको कुराकानीे

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: