हाम्रो एक मात्र समस्या भारत हो: पाकिस्तानी प्रधानमन्त्री खान « Nagarik Khabar

हाम्रो एक मात्र समस्या भारत हो: पाकिस्तानी प्रधानमन्त्री खान



एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय चुनावपछि दुई देशबीचको सम्बन्धमा सुधार आउने बताएका छन् । दुवै देशको समृद्धिका लागि सम्बन्ध सुधार आवश्यक रहेको बताउँदैं उनले चुनावपछि दुई देशबीचको सम्बन्ध सुधार हुने बताए । चाइना इन्टरनेशनल कल्चरल कम्युनिकेशन सेन्टरलाई सम्बोधन गर्दै उनले शान्ति र स्थिरताका लागि दुई देशबीचको सम्बन्धमा सुधार आवश्यक रहेकोमा जोड दिएका छन् ।

चीनमा रहेका खानले आर्थिक समृद्धिका लागि आफ्नो सरकारले बेल्ट एण्ड रोड फोरमलाई आत्मसाथ गरेको बताए । पाकिस्तानी सरकारी समाचार एजेन्सी एपीपीलाई दिएको जानकारी अनुसार उनले पाकिस्तानको समृद्धिका लागि छिमेकमा समेत शान्ति र स्थायीत्व हुनुपर्नेमा जोड दिएका छन् ।

पाकिस्तानको एक मात्र समस्या अब भारत मात्र भएको र त्यो पनि उसको चुनावपछि आफ्नै पहलमा समाधान गर्ने खानले बताएका छन् । उनले भनेका छन ‘हाम्रो एक मात्र समस्या भनेको अब भारतसंगको सम्बन्ध हो । मैले विश्वास लिएको छु की चुनावपछि भारतसंगको सम्बन्धमा सुधार हुनेछ । त्यसका लागि म आफैंले पहल गर्नेछु ।’

फेबु्रअरि १४ मा भारत प्रशासित काश्मीरको पुलवामा भएको बिद्रोहीको आक्रमणपछि दुई देशबीचको सम्बन्धमा दरार आएको थियो । घटनामा ४४ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: