एनसेल कार्यालयमा ताला लगाउन रेखा थापाको माग (भिडियो सहित) « Nagarik Khabar

एनसेल कार्यालयमा ताला लगाउन रेखा थापाको माग (भिडियो सहित)



काठमाडौं । अभिनेत्री रेखा थापाले निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनीले एनसेलले लुट मच्चाउँदा समेत सरकार मौन रहेको आरोप लगाएकी छिन् । एनसेलले करिब ४० अर्ब रुपैयाँ पूँजीगत लाभकर बुझाउन बाँकी रहेको बताउँदै उनले लाभकर असुलीका लागि दवाव दिन युवाहरुलाई आह्वान गरेकी छिन् ।

आइतबार काठमाडौंमा भएको कार्यक्रममा अभिनेत्री थापाले कर नतिर्ने कम्पनी एनसेलको कार्यालयमा ताला लगाउन सरकारलाई आग्रह गरिन् । एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

यस्तै, वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न आह्वान गरे । सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दवाव दिन आह्वान गर्नु परेको प्रष्टीकरण दिए ।

एनसेलले हाल करिब ४० अर्ब रुपैयाँ पूँजीगत लाभकर असुली गर्न बाँकी छ । तर, सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् । उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दवाव दिँदै आएका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: