काठमाडौं । नेपाली चलचित्र ‘रे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सागर माथि’ बोलमा रहेको गीत सार्वजनिक भएको हो ।
मेलिना राई र ओम सुनारको स्वर रहेको गीतमा राजेन्द्र त्रिपाठीको शब्द र गायक ओमकै संगीत छ । गीतमा दिवश धिताल र सुजता थापा फिचर्ड छन् ।
दिनेश पौडेलको निर्देशन तथा कथामा फिल्म निर्माण भएको हो । सगुन फिल्मसको ब्यानरमा निर्मित फिल्ममा सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाई लगायतका कलाकारको अभिनय छ ।
चलचित्र रे असार २७ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।
भिडियो हेर्नुहोस्ः