सन्दीप आइपिएलमा आज बैंगलोर विरुद्ध खेल्ने « Nagarik Khabar

सन्दीप आइपिएलमा आज बैंगलोर विरुद्ध खेल्ने



काठमाडौं । सन्दीप लामिछानेले आज खेल्ने भएका छन् । दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध टस जितेर व्याटिङ्ग गर्ने निर्णय गरेको छ ।

आजको खेलमा दिल्लीले सन्दीपलाई खेलाएर क्रिस मोरिसलाई मैदान बाहिर राखेको छ । दिल्लीमा यसअघि सन्दीपले खेलेको म्याचमा उनले ३ विकेट लिएका थिए । सन्दीपले जारी सिजनमा पाँच म्याचबाट ८ विकेट लिएका छन् । त्यसैले पनि आजको खेलमा सन्दीपले स्थान पाएका हुन ।

दिल्लीको पिच स्पीनर अनुकुल मानिन्छ । आजको खेल जितेमा दिल्ली प्लेअफमा पुग्ने सम्भावना बलियो हुन्छ । आइपीएल क्रिकेटको शनिवार रातीको खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: