सगरमाथा सफाई गर्दा शव फेला परेपछि … (भिडियो) « Nagarik Khabar

सगरमाथा सफाई गर्दा शव फेला परेपछि … (भिडियो)



काठमाडौं । सगरमाथा सफाई अभियान अन्तरगत १ हजार किलो फोहोर काठमाडौं ल्याइएको छ । नेपाली सेनाको एमआइ सेभेन्टिन हेलिकप्टरबाट झण्डै ३ हजार किलो फोहोर संकलन भएकामा १ हजार किलो काठमाडौं ल्याइएको छ । २ हजार किलो फोहोर भने ओखलढुंगामा राखिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

अभियानका क्रममा ४ वटा शव पनि भेटिएको छ । सगरमाथा सफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा हालसम्म ४ वटा शव भेट्टाएको उनले जानकारी दिए । अभियानले ४५ दिन भित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि झण्डै २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।

सगरमाथा सफाई अभियान २०७६ अन्तरगत वैशाख १ गते लुक्लाबाट खुम्बु पसाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाई गर्दै टोली वेश क्याप पुगेको छ । सफाई अभियानमा नेपाली सेना सहित शेर्पाहरुको टोली संलग्छ । अभियान अन्तरगत वेश क्याम्प र वरपरबाट झण्डै ५ हजार केजी, साउथ कोलबाट झण्डै २ हजार किलो र क्याम्प २ तथा ३ बाट झण्डै ३ हजार किलो फोहोर संकलन गरिने छ ।

सगरमाथा सफाई अभियानमा खुम्बु पासाङ ल्हामु गाउँपालिका कार्यालय, संस्कृति पर्यटन तथा नगारिक उडड्यन मन्त्रालयको पर्यटन विभाग, वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग, नेपाली सेना, उद्योग पर्यन वन तथा वातावरण मन्त्रालय प्रदेश एक, नेपाल पर्वतारोहण संघको सचिवालय, नेपाल पर्यटन बोर्ड, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बु लागि परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: