उत्तरगंगा जलविद्युत आयोजनाबारे ऊर्जामन्त्री पुनले मुख खोले (हेर्नुस् भिडियो) « Nagarik Khabar

उत्तरगंगा जलविद्युत आयोजनाबारे ऊर्जामन्त्री पुनले मुख खोले (हेर्नुस् भिडियो)



काठमाडौं । उत्तरगंगा नदिमा निर्माण गर्न लागिएको उत्तरगंगा जलविद्युत आयोजना बारे विवाद उत्पन्न भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रतिक्रिया दिएका छन् । वाग्लुङबाट पूर्वी र पश्चिम रुकुम हुँदै भेरि नदिमा मिसिन पुग्ने उत्तरगंगा नदिमा निर्माण अध्ययन गरिएको जलाशयुक्त आठ सय २८ मेगावाट क्षमताका आयोजना निर्माणपछि पानी वहाव कता फर्काउने भन्नेमा ठूलो विवाद छ ।

पानीको बहाव रुकुम हुँदै भेरीमै बग्नुपर्ने माग सहित ध्यानाकर्षण गराउन पुगेका रुकुम पूर्वका जनप्रतिनिधिसँग कुरा गर्दै उर्जामन्त्री पुनले स्थानीयसँगको सहमतिमै आयोजना अगाडि बढ्ने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साथमा राखेर मन्त्री पुनले भने, ‘ढोरपाटनमा रहेको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना जसको एउटा अध्ययन कालिगण्डकीमा पानी खस्ने गरि गरिएको छ । अर्को पूर्वी रुकुम हुंदै पश्चिम रुकुमबाट भेरी नदिमा पानी जाने । यी दुवै संभावनालाई अध्ययन गरेर डिपिआर बनाउनका लागि टेण्डर आह्वान भएको छ । अध्ययन गरेर जता राम्रो हुन्छ त्यतैबाट, समझदारी बनाएर स्थानीय जनता र जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्षमा पुग्छौं ।’ उत्तरगंगा आयोजना निर्माणपछि पानीको बहाव कालीकण्डकीतिर फर्काउन लागिएको भन्दै पूर्व उर्जामन्त्री जनार्दन शर्मासहित रुकुम पूर्व र पश्चिमका जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

के भने त रुकुमपूर्वका जनप्रतिनिधिहरुलाई उर्जामन्त्री पुन र कार्यकारी निर्देशक कुलमान घिसिङले ? भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: