आर्थिक वृद्धिदर दुई अंकमा पुग्छ: गृहमन्त्री थापा « Nagarik Khabar

आर्थिक वृद्धिदर दुई अंकमा पुग्छ: गृहमन्त्री थापा



भोजपुर । गृहमन्त्री रामबहादुर थापा बादलले आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर दुई अंकमा पुग्ने बताएका छन् । बिकासको गतिलाई तिब्रता दिन देशको आर्थिक क्रियाकलाप सकरात्मक हुनुपर्ने भन्दै उनले आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर दुई अंकको हुने दावी गरे ।
आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्याउनका लागि सबै क्षेत्र मिलेर अगाडी बढ्नुपर्नेमा गृहमन्त्री थापाको जोड छ । उनले समृद्ध नेपाल, सुखी नेपालीको सपना पुरा गर्न लागि परेको बताएका छन् । त्यसका लागि सरकारका सबै तह सक्रिय भएर लाग्नुपर्ने भन्दै उनले स्थानीय तहले जनताको मनोभावना बुझेर काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री थापाले आइतवार जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्दै गृहमन्त्री थापाले सम्बृद्ध नेपाल बनाउन स्थानीय प्रशासनलाई चुस्त बनाउन लागि परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: