सफ्टवेयर समस्याले एयर इन्डीयाका १ सय ३७ उडान प्रभावित « Nagarik Khabar

सफ्टवेयर समस्याले एयर इन्डीयाका १ सय ३७ उडान प्रभावित



एजेन्सी । भारतको राष्ट्रिय ध्वजाबहाक एयर इन्डीयाको सफ्टवेयरमा समस्या आउँदा आइतबार बिहान ६ घन्टामा १ सय ३७ उडान प्रभावित भएका छन् । बिहान पौने ३ बजेदेखि पौने ९ बजेसम्म एयर इन्डीयाका उडान प्रभावित भएका हुन् । एयर इन्डीयाले सफ्टवेयरमा समस्या आएका कारण हरेक विमान औसतमा १ सय ९७ मिनेट ढिला भएको जनाएको छ ।

संसारका विभिन्न ठाउँबाट उडान हुने उडान प्रभावित भएपछि यात्रु समस्यामा परेका छन् । चेक इन, व्यागेज लगायतका काम गर्ने सफ्टवेयरमा समस्या देखिएको थियो । एयर इन्डीयाले सफ्टवेयरको समस्या दीर्घकालिन रुपमै समाधान गर्ने कोशीस गरेको जनाएको छ । काठमाडौं हुने उडान समेत केही ढिला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: