प्रदेश नम्बर १ ले माग्यो प्रदेशका राजधानी र नामको प्रस्ताव, चार दिनको समयसीमा « Nagarik Khabar

प्रदेश नम्बर १ ले माग्यो प्रदेशका राजधानी र नामको प्रस्ताव, चार दिनको समयसीमा



मोरङ । प्रदेश नम्बर १ प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार प्रदेशसभाले नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । जारी गरिएको सूधनाअनुसार प्रस्ताव बैशाख १९ गतेसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउनुपर्नेछ ।

दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सदनमा पेश हुनेछ । प्रदेशसभाको संशोधित नियमावलीअनुसार नाम र राजधानीको प्रस्ताव दर्ता गराउन दुईजना समर्थक र एकजना प्रस्तावक चाहिन्छ । ती प्रस्तावमाथि छलफल गरी प्रदेशसभाले बहुमतले निणय गर्नेछ ।

प्रदेश नम्बर १ को राजधानीका लागि मोरङको विराटनगर र गोठगाउँका साथै सुनसरीको धरान र इटहरी र धनकुटाले पनि माग गर्दै आएका छन् । यस्तै, प्रदेशको नामको विषयमा कोशी र सगरमाथा चर्चामा छ । पहिचानको आधारमा किरात, लिम्बुवानको चर्चा रहँदै आएको छ ।

प्रदेश नम्बर १ का ९३ सांसदमध्ये सत्तारुढ नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरम ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक र एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: