एनआरएन युके अध्यक्षका प्रत्यासी पुनमको व्यापक प्रचार « Nagarik Khabar

एनआरएन युके अध्यक्षका प्रत्यासी पुनमको व्यापक प्रचार



अल्डरसट (युके) । आगामी सेप्टेम्बरमा हुने एनआरएन युकेको निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष पुनम गुरुङको चुनावी प्रचार अहिलेदेखि नै व्यापक बनेको छ ।

पुनमका शुभेच्छुक र शुभचिन्तकहरुले नै उनको प्रचार व्यापक गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनका शुभेच्छुकहरुले विजय गराउनका लागि सबैलाई आव्हान समेत गरेका छन् ।

सामाजिक क्षेत्रमा योगदान गर्दै आएकी पुनमलाई उम्मेदवार बन्नका लागि एनआरएन युकेकै अग्रजहरुको आग्रहमा उम्मेदवारी घोषणा गरेको बुझिएको छ । उनले बेलायतमा सामाजिक योगदान र एनआरएनका लागि पुर्याउँदै आएको योगदानका कारण पनि उनलाई अध्यक्ष बनाउन उनका शुभेच्छुकहरुले आव्हान गर्न थालेका छन् ।

सामाजिक अभियन्ता इन्द्र घोथानेले आइतबार फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् यही आउने १४ सेप्टेम्बर २०१९ मा हुन गईरहेको चुनाबमा महिला समाजसेवी मनका धनी वर्तमान एनआरएन युकेका बरिष्ट उपाध्यक्ष श्रीमती पुनम गुरुङ्गलाई अत्यधिक बहुमत मत बिजय गरौ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: