प्रधानसेनापति थापाबाट फायरिङ अभ्यासको अवलोकन « Nagarik Khabar

प्रधानसेनापति थापाबाट फायरिङ अभ्यासको अवलोकन



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले धनुषाको भिमानमा रहेको तीन तले आर्टीलरी फायरिङ रेञ्जमा सञ्चालन भएको फायरिङ अभ्यासको निरीक्षण गर्नुभएको छ ।

आइतबार नै प्रधानसेनापति थापाले महोत्तरी जिल्लामा नयाँ निर्माण भएको बर्दिबास सैनिक शिविरको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको हो ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले भिमानमा सञ्चालन भईरहेको आर्टीलरी फिल्ड फायरिङको अवलोकन, बर्दिबास सैनिक शिविरमा निर्माणाधीन भवनहरुको निरीक्षण गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो । सोही क्रममा उहाँले कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन समेत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: