नेपालको लगातार दोस्रो हार « Nagarik Khabar

नेपालको लगातार दोस्रो हार



काठमाडौं । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) यु–१९ वुमन्स एसिया कपअन्तर्गत दोस्रो चरणको छनोट खेलमा लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल आइतबार भएको खेलमा उज्बेकिस्तानसँग ४–० गोलले पराजित भयो ।

यससँगै समूह एमा दुई खेलबाट नेपाल अंक बिहिन बनेको छ । यस अघि आफ्नो पहिलो खेलमा नेपाल अष्टे«लियासँग ११–१ को भारी अन्तरको पराजय बेहोरेको थियो ।

म्यानमारको मन्दलार थिरी स्टेडीयममा नेपालले नियमित रुपमा गोल बेहोरेको थियो । अष्टे«लियाविरुद्ध एक गोल गरेको नेपालले उज्बेकिस्तानविरुद्ध कुनै गोल गर्न सकेन । समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले अव मंगलबार म्यानमारको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: