उपप्रधानमन्त्री पोखरेलद्वारा लिङ्गेश्वरको अवलोकन « Nagarik Khabar

उपप्रधानमन्त्री पोखरेलद्वारा लिङ्गेश्वरको अवलोकन



कञ्चनपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज बेदकोट नगरपालिकामा रहेको पर्यटकीय लिङ्गेश्वर क्षेत्रको अवलोकन गर्नुभएको छ ।

लिङ्गेश्वर क्षेत्रको अवलोकन गर्दै उहाँले यस क्षेत्रले पर्यटकीय रुपमा फड्को मार्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार र सडकको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुन्दर रमणीय क्षेत्र भएकाले यसको प्रचारप्रसारमा खटन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

पर्यटकीय क्षेत्रको विकास लागि पर्यटन विज्ञको सल्लाह लिई योजना बनाइ जनसहभागितामा बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “लिङ्गेश्वर क्षेत्र जाँदा बाटोमा ठूला ढुङ्गामा सुन्दर ढङ्गले समृद्ध बेदकोट नगरपालिका लेखेको देखे उहाँले भन्नुभयो, “समृद्ध बनाउनका लागि योजनासहित आजदेखिनै संकल्प गरौँ र जुटौँ ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: