सन्दीप आईपीएलमा पहिलो पटक विकेटविहीन « Nagarik Khabar

सन्दीप आईपीएलमा पहिलो पटक विकेटविहीन



काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पहिलो पटक विकेटविहीन बनेका छन् । शनिबार रोयल च्यालेञ्जर्स बेङ्गलोरविरुद्धको खेलमा सन्दीपले कुनै पनि विकेट लिन सकेनन् ।

जारी सिजनमा अवसर पाएका अघिल्ला सबै खेलमा सन्दीपले विकेट लिएका थिए । यस पटक भने उनले कुनै विकेट लिन सकेनन् । तीन ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । त्यसका बाबजुद सन्दीपको टोली दिल्ली क्यापिटल्सले बेङ्लोरमाथि १६ रनको जित हात पारेको छ ।

यो जितसँगै दिल्ली सन् २०१२ पछि पहिलो पटक आईपीएलको प्लेअफमा पुगेको छ। शनिबार घरेलु फिरोज शाह कोट्ला मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय गरेको दिल्लीले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८७ रनको योगफल तय गरेको थियो । जावाफी ब्याटिङमा आएको बेङ्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७१ रन मात्रै जोडेपछि दिल्ली विजयी बनेको हो ।

दिल्लीको जितमा कप्तान श्रेयस अयरले सर्वाधिक ५२ र शिखर धवनले ५० रनको योगदान दिएका थिए । अयर र धवनले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

यस्तै बलिङतर्फ काजिसो रबडा र अमित मिश्रााले दुई/दुई विकेट लिए । बेङ्लोरका लागि भने प्रारम्भिक ब्याट्सम्यान पार्थिव पटेलले ३९ रन जोड्द बाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: