४५ सन्तानकी आमाको चाहना : मेरो सन्तान पनि कुनै दिन प्रधानमन्त्री बनोस् (भिडियोसहित) « Nagarik Khabar

४५ सन्तानकी आमाको चाहना : मेरो सन्तान पनि कुनै दिन प्रधानमन्त्री बनोस् (भिडियोसहित)



काठमाडौं । आफ्नो एउटा सन्तान हुर्काउन पढाउन कति कठिन हुन्छ ? त्यो दुःख आमालाई मात्र थाहा हुन्छ । सुखी परिवारका लागि एकल परिवार भनिन्छ । तर, जुनु पुनले ४५ बालबालिकालाई आमाको काखको अनुभूति दिएकी छन् ।

काठमाडौंको महँगी त्यसमा ४५ सन्तानलाई हुर्काउन, बढाउन र पढाउन उनले निकै दुःख गरेकी छन् । यद्यपि, त्यसलाई उनले आफ्नो जिम्मेवारी भन्छिन् । अभिभावकत्व दिनका लागि उनलाई सजिलो भने छैन ।

एकीकृत सिर्जनशील समाज नामक संस्था मार्फत जुनुले द्वन्द्वपीडित ४५ बालबालिकालाई संरक्षण गरेकी छन् । बालबालिकाको पालनपोषण मात्र होइन, शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण जिम्मेवारी लिएकी छन् ।

बाग्लुङको सुखौरामा जन्मिएकी पुनलाई सबै बालबालिकाले आमा भनेर बोलाउँछन् । द्वन्द्वपीडित, भूकम्पपीडित साथै विभिन्न बहानामा अलपत्र परेका बालबालिकालाई संस्थाले संरक्षण गर्छ ।

ती बालबालिकाको हेरचाह साथीहरुबाट प्राप्त सहयोगले व्यवस्था गर्दै आएकी जुनु बताउँछिन् । विदेशमा पसिना बगाउने नेपाली उनका सहयोगी हुन् । सरकारको कुनै पनि सहयोगबिना उनले संस्थालाई राम्रोसँग चलाएकी छन् । उनै समाजसेवी, कलाकार, अधिकारकर्मी तथा खेलाडी समेत रहेकी जुनु पुनसँगको कुराकानी :

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: