सरकारी जग्गा कति छ ? सरकारलाई नै थाहा छैन « Nagarik Khabar

सरकारी जग्गा कति छ ? सरकारलाई नै थाहा छैन



काठमाडौं । देशभर सरकारी ताथ सार्वजनिक जग्गाजमिन कति होला ? यसबारे अभिलेख राख्ने निकाय नै जानकार छैन भन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सरकारी तथा सार्वजनिक जग्गाजमिन बारेको यकिन तथ्यांक नभएको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

यसको अद्यावधिक लगत मन्त्रालयअन्तर्गतकै भूमि व्यवस्था विधागसँग हुनुपर्ने हो । जग्गा (नापजाँच) ऐन २०१९ र नियमावली २९३२ अनुसार सरकारी तथा सार्वजनिक जग्गाको यकिन गरी लालपुर्जा बनाएपछि मात्रै व्यक्तिका नाममा भएका जग्गा कित्ताकाट गर्नुपर्ने व्यवस्था छ ।

तर, कानुनी प्रावधानअनुसार नापजाँच नगर्दा भूमाफियाले ७७ वटै जिल्लामा सार्वजनिक जग्गा जमिन अतिक्रमण गरेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: