संघीय संसदको बर्खे अधिवेशन आजबाट शुरु हुदै « Nagarik Khabar

संघीय संसदको बर्खे अधिवेशन आजबाट शुरु हुदै



काठमाडौं । संघीय संसद्को बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । यसपटकको बर्खे अधिवेशन बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारले जनाएको छ ।
गत चैत १० गते हिउँदे अधिवेशन अन्त्य भएपछि एक महिनाको समयपछि बर्खे अधिवेशन सुरु हुने भएको हो । हिउँदे अधिवेशन संविधानसँग बाझिाएका कानुन निर्माणमा बढी केन्द्रित रहेको थियो।
गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो। यो अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसदमा दर्ता हुने हुनेछन् । संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका विधेयक र संसदमा प्रक्रियामा रहेका र समितिमा रहेका गरी ५५ विधेयक बर्खे अधिवेशनमा प्रस्तुत हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: