सम्पत्ति शुद्धीकरणमा भट्टराई « Nagarik Khabar

सम्पत्ति शुद्धीकरणमा भट्टराई



काठमाडौं । आइतबारदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकका रूपमा वरिष्ठ सहसचिव रूपनारायण भट्टराईले कार्यभार सम्हालेका छन् । विभागको जिम्मेवारी सम्हालेसँगै भट्टराईले अवैध धन आर्जन गर्नेविरुद्ध कारबाही थालिने प्रतिबद्धता जनाएका छन् । उनको प्रतिबद्धतासँगै कालोधन आर्जन गरेर शुद्धीकरणको प्रयास थाल्नेहरुमा त्रास सिर्जना हुन थालेको छ । भट्टराईले विभिन्न निकायसँग समन्वय गरी विभागलाई चलायमान बनाउने र अवैध सम्पत्ति आर्जन गरी शुद्धीकरणको प्रयास गर्नेहरुविरुद्धको छानबिन कडाइसाथ अघि बढाउने बताए ।

हक्की स्वभाव र केही गरांै भन्ने सोचका प्रशासक मानिने भट्टराई यसअघि समेत विभिन्न निकायमा रहेर सुधारका प्रयास थाल्दा चर्चामा रहे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व उनले पाउनुलाई धेरैले ‘ठीक ठाउँमा ठीक व्यक्तिले जिम्मेवारी पाएको’ बताएका छन् । उनको आगमनसँगै मुलुकमा भित्रिने अवैध धन नियन्त्रण हुने धेरैको अपेक्षा छ । यो समाचार आजको राजधानी दैनिकले प्रकासित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: