बसपार्क छिर्न रोक लगाइ सटर किन्न बाध्य पार्थे ठेकेदार « Nagarik Khabar

बसपार्क छिर्न रोक लगाइ सटर किन्न बाध्य पार्थे ठेकेदार



काठमाडौं । टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए ।

यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे । आजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

सबैतिर महानगरपालिकाले शनिबार डोजर लगाई संरचना भत्काएकै चर्चा थियो । व्यापारी तथा सर्वसाधारण यसैबारे छलफल गरिरहेका थिए तर पीडित व्यापारी भने कतै देखिएनन् ।

‘मलाई पनि १२ लाख रुपैयाँ सलामी र १२ हजार मासिक भाडा तिर्ने गरी सटर लिन ती मान्छेले भनेका थिए,’ वषपार्क क्षेत्रमा घडी तथा इलेक्ट्रोनिक्स सामान बेच्दै आएका एक व्यवसायीले भने,‘तर मैले सकिनँ । तिरेको भए डुब्ने रहेछ ।’

उनी मात्र एक होइनन् । यसअघि उक्त क्षेत्रमा नाङले पसल थापेर बसेका तथा अन्य ससाना व्यवसायीलाई समेत बसपार्क छिर्न प्रतिबन्ध लगाई सटर किन्न बाध्य पारिएको ती व्यापारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: