बेहुला बेहुलीसहित चार पक्राउ « Nagarik Khabar

बेहुला बेहुलीसहित चार पक्राउ



काठमाडौं । विवाह गर्न लागेका एक जोडीलाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ । संखुवासभाको खाँदबारी नगरपालिका ६ तल्लो पाँठाबाट प्रहरीले बाल विवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई पक्राउ गरेको हो ।
बाल विवाह हुदैछ भन्ने सुचना पाएर पुगेको प्रहरी टोलीले जितबहादुर तामाङ, कैलाशपति तामाङ, जानुका तामाङ, तीर्थ तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बेहुलीको उमेर १८ बर्ष नपुगेका कारण पक्राउ गर्नु परेको प्रहरीले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: