बालुवाटारको जग्गा धितोमा : ३० अर्ब संकटमा, ३३४ कित्तामा चिरा « Nagarik Khabar

बालुवाटारको जग्गा धितोमा : ३० अर्ब संकटमा, ३३४ कित्तामा चिरा



काठमाडौं । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ ।

जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ ।


बालुवाटारको सरकारी जग्गा, रातो प्लट अझै पनि शोभाकान्त ढकाल, रामकुमार सुवेदी र मीनबहादुर गुरुङको नाममा छ, अन्य जग्गा बेचिएको छ । नीलो प्लट नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: