विप्लव समूहका क्षेत्रीय इन्चार्ज पक्राउ « Nagarik Khabar

विप्लव समूहका क्षेत्रीय इन्चार्ज पक्राउ



बर्दिया । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो । चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: