आज देशका प्रायः भूभागमा मौसम सफा रहने « Nagarik Khabar

आज देशका प्रायः भूभागमा मौसम सफा रहने



काठमाडौं । आज देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। मौसम पूर्वानुमान शाखाले तीन दिनको मौसम यस्तो रहने अनुमान गरेको छ ।

बैशाख १६ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
रातिस् देशको पूर्वी पहाडी भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ्र देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १७ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बांकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
रातिस् देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १८ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी पहाडी भेगमा सामान्य बदली, मध्य र पुर्वी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ ।देशका पश्चिमी पहाडी भेगका केहि र बाँकी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
रातिस् देशको पश्चिमी पहाडी भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू(भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पहाडी भेगका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: