नेपाल वाङ्मय परिषदमा नयाँ कार्यसमिति « Nagarik Khabar

नेपाल वाङ्मय परिषदमा नयाँ कार्यसमिति



काठमाडौं । सुदूर पश्चिम क्षेत्रमा रहेर नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको पक्षमा क्रियाशिल संस्था नेपाल वाङ््मय परिषदको नयाँ कार्यसमिति चयन भएको छ । सम्मेलनले डा. पुष्करराज भट्टको अध्यक्षतामा बाबुराम आचार्य र अम्बिका आचार्य उपाध्यक्षमा, महासचिवमा लक्षीराम आचार्य, सचिवमा दीपसागर पन्त एवम् कोषाध्यक्षमा कुसुम भट्टलाई चयन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा नरेन्द्र गिरी, योगराज आचार्य, रामचन्द्र जोशी, यमराज जोशी, जनक रसिक, चक्र चनारा एवम् मेघनाथ खनाललाई चयन गरेको छ । परिषदको सम्मेलनपछि तत्कालै बसेको बैठकले श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, केदारप्रसाद आचार्य, फाल्गुना दाहाल र भुवन निस्तेजलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: