जागरण अभियानअघि नेतृत्वलाई गाली नगर्न कांग्रेस अनुशासन समितिको निर्देशन « Nagarik Khabar

जागरण अभियानअघि नेतृत्वलाई गाली नगर्न कांग्रेस अनुशासन समितिको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले जागरण अभियान अघि नेतृत्वलाई गालीगलौच नगर्न निर्देशन दिएको छ । आइतबार साँझ कांग्रेस पार्टी कार्यालयमा बसेको अनुशासन समितिको बैठकले वैशाख २५ देखि जागरण अभियान सञ्चालन गरिरहेको त्यसको तयारीमा रहेका नेताहरुलाई अनावश्यक गाली गलौच नगर्न निर्दैशन दिएको हो । निकै लामो समय वैठक बसेर कांग्रेसले यस्तो निर्णय गरेको अनुशासन समिति प्रमुख भीष्म आङदेम्वेले बताएका छन । ‘अब सवैको ध्यान जागरण अभियानमा केन्द्रित हुनुपर्नेछ नेतृत्वलाई गाली गरेर जागरण अभियानलाई फितलो बनाउनु हुदैन भन्ने हाम्रो निष्कर्ष हो’, समितिका प्रमुख आङदम्बेले भने ।
मिति तोकेर जिल्ला जिल्लामा जाने तयारी गरिरहेको बेलामा पार्टी नेता रामकृष्ण ताम्राकारको निधन पछि कांग्रेसले अभियान रोकेको थियो । तर, पुन वैशाख २५ गते देखि यो अभियान उसले सञ्चालन गर्ने भएको छ । कांग्रेसको यो अभियान सरकार विरूद्ध खवरदारी गर्ने,पार्टी शुद्धिकरण गर्ने तथा संगठन निर्माण गर्नमा केन्द्रित हुनेछ । यसको लागि केन्द्रिय समितिका नेताहरूलाइ समेत जिम्मेवारी दिइएको छ ।

जागरण अभियानकै तयारीको लागि कांग्रेस नेताहरू अब वैठकमा पनि जुटन थालेका छन । तर,जागरण अभियानको बेलामा विपक्षीको हर्कतमा तेर्साउने पर्ने तारो पार्टी नेतृत्व तर्फ सोझयाउन थालेपछि आइतवार बसेको कांग्रेस अनुशासन समितिको वैठकले जागरण अभियानकोबीचचमा र अघि नेतृत्वलाइ अनावश्यक गालीगलौज नगर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: