श्रीलंकामा अनुहार छोप्न लगाइने पहिरनमा प्रतिबन्ध « Nagarik Khabar

श्रीलंकामा अनुहार छोप्न लगाइने पहिरनमा प्रतिबन्ध



बिबिसी । गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा दुई सय पचास भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ ।

सोमवारदेखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन ।

तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित रहेको देखिएको छ ।

अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: