बसको ठक्करबाट साइकलयात्रीको मृत्यु « Nagarik Khabar

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु



गौशाला । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

आइतबार साँझ करीब ५ बजेतिर जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको ना ५ ख ६१३५ नम्बरको यात्रुबाहक बसले पिपरा गाउँपालिका–५ स्थित सडकमा विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्री मुखियालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: