नेकपाका सचिवालय सदस्य विहानै वालुवाटारमा « Nagarik Khabar

नेकपाका सचिवालय सदस्य विहानै वालुवाटारमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय सदस्यहरुको अनौपचारिक बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विहान ९ बजेदेखि शुरु भएको अनौपचारिक बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल केन्द्रीत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न सचिवालयका सबै सदस्यलाई वालुवाटार बोलाएका थिए ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सचिवालयका सबै सदस्यहरु सहभागी भएपनि प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे सुझाव लिने कार्यक्रम भएकाले पार्टीका अन्य एजेण्डाबारे छलफल नहुने बताए । आइतबार बेलुका प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसँग सो विषयमा छलफल गरेका थिए । सरकारले आगामी २० गते संघीय संसदको बैठकमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्देछ । संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: