भागवत गीतामा पनि यही हिट जोडी « Nagarik Khabar

भागवत गीतामा पनि यही हिट जोडी



काठमाडौं । ए मेरो हजुर ३ को सफलतापछि अभिनेत्री तथा निर्देशक झरना थापाले यस वर्ष नयाँ नाममा फिल्म निर्माण गर्ने भएकी छन् ।

उनको नयाँ फिल्मको नाम हो ‘भागवत गीता’ । फिल्मका लागि लिड कलाकार समेत टुंगो लागेको छ । ए मेरो हजुर ३ को हिट जोडी अनमोल केसी र सुहाना थापा दोहोरिने पक्का भएको हो । फेसबुक पेजमा पोष्ट गर्दै झरनाले यसबारे जानकारी दिएकी छन् ।

भागवत गीता सुनिल कुमार थापाले निर्माण गर्नेछन् । सुहानाको जन्मदिनको अवसरमा फिल्मको औपचारिक निर्माण घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: