श्रीलंकामा बम विस्फोटपछि अनुहार छोपेर हिँड्न प्रतिबन्ध « Nagarik Khabar

श्रीलंकामा बम विस्फोटपछि अनुहार छोपेर हिँड्न प्रतिबन्ध



एजेन्सी । श्रीलंका सरकारले सार्वजनिक स्थानमा अनुहार छोपेर हिँड्न प्रतिबन्ध लगाएको छ। गत हप्ता २५३ जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते हुने गरी भएको आत्मघाती आक्रमणपछि श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संकटकाल घोषणा गरेको अवस्थामा यस्तो प्रतिबन्ध लगाइएको हो।

राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा ’अनुहार छोपिने गरी पहिचान हुन गाह्रो हुने’ कुनै पनि कपडा लगाउन नपाउने गरि प्रतिबन्ध लगाइएको बताइएको छ।

तर, प्रतिबन्धित कपडाहरुमा इस्लाम धर्ममा महिलाहरुले लगाउने निकाब र बुर्काको नाम समावेश नगरिएको बताइएको छ। यद्यपि मुस्लिम महिलाहरुलाई पनि सुरक्षाका कारण निकाब वा बुर्का नलगाउन विभिन्न संस्थाहरुले आह्वान गरेको छ।
चर्च र होटलहरुमा भएको सो आक्रमणपछि श्रीलंकाभर सुरक्षा व्यवस्था कडा गरिएको छ। प्रहरीले ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने १५० भन्दा बढी संदिग्धलाई खोजी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: