बेइजिङको प्रदर्शनीमा राष्ट्रपतिको हस्ताक्षरदेखि सिंगापूरका प्रधानमन्त्रीको सेल्फीसम्म (१६ तस्विरमा हेर्नुहोस्) « Nagarik Khabar

बेइजिङको प्रदर्शनीमा राष्ट्रपतिको हस्ताक्षरदेखि सिंगापूरका प्रधानमन्त्रीको सेल्फीसम्म (१६ तस्विरमा हेर्नुहोस्)



 बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।

स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।


चीन भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बेइजिङको तियानमेन चोकस्थित शहीद स्मारक अवलोकनका क्रममा चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयु, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललगायत भ्रमण टोलीका सदस्यहरु सामूहिक तस्बिरमा ।

 


चीन भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बेइजिङको तियानमेन चोकस्थित शहीद स्मारकमा शहीदहरुप्रति सम्मान अर्पण गर्दै ।


चीनियाँ राष्ट्रपति शी जिङफिङ लगायत विदेशी पाहुनाहरु बेइजिङमा आयोजित अन्तराष्ट्रिय बागवानी प्रदर्शनीमा जाँदै


चीनियाँ राष्ट्रपति शी जिङफिङ बेइजिङमा आयोजित अन्तराष्ट्रिय बागवानी प्रदर्शनीलाई सम्बोधन गर्दै


म्यानमारकी स्टेट काउन्सलर आङ साङ सुकी अन्तराष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी


चीनियाँ राष्ट्रपति शी जिङफिङ र उनी पत्नी पेङ लियुआन विदेशी नेताहरुसँग सामूहिक तस्विर खिचाउँदै


सिंगापुरका प्रधानमन्त्री ह्सियन लूंङ आफ्नी पत्नीका साथ सेल्फी लिदै


बागवानी क्षेत्रमा वृक्षारोपण गर्दै राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारी अन्तराष्ट्रिय बागवानी क्षेत्रमा हस्ताक्षर गर्दै


बेइजिङमा आयोजित अन्तराष्ट्रिय बागवानी प्रदर्शनीमा कला देखाउँदै चीनिया कलाकार


राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेइजिङमा भेटवार्ता गर्दै जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा रहेको सांसद टोली ।


राष्ट्रपति विद्यादेवी भण्डारी र जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइबीच बेइजिङमा सोमबार भेटवार्ता गर्दै ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: