युवा-विद्यार्थीको एनसेल बहिष्कार आन्दोलन तत्काललाई स्थगित « Nagarik Khabar

युवा-विद्यार्थीको एनसेल बहिष्कार आन्दोलन तत्काललाई स्थगित



काठमाडौं । एनसेलले पुँजीगत लाभकर तिर्न आलटाल गरेको भन्दै दबाबमूलक कार्यक्रम घोषणा गरेका नेकपा निकट युवा-विद्यार्थी संगठनले सर्वोच्च अदालतको आदेश पर्खने भएका छन् । एनसेलले तिर्नुपर्ने पुँजीगत लाभकरको विषयमा सर्वोच्च अदालतले सरकार र एनसेललाई छलफल गर्न बोलाएपछि  युवा-विद्यार्थी संगठनले अदालतको आदेश पर्खने जनाएका हुन । अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङका अनुसार सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएपछि युवा-विद्यार्थी संगठनले अदालतको आदेश पर्खिने जनाएका हुन । 
‘हामीले कानुनको उल्लंघन गर्न चाहेनौ, अदालतले सरकार एनसेल दुवैलाई छलफलका लागि बोलाएको छ त्यसकारण अदलातको आदेश आएपछि हामीले थप निर्णय गर्नेछौ’, अध्यक्ष तामाङले भने ‘एनसेलले  राज्यलाई तिर्नुपर्ने कर जतिसक्दो छिटो तिर्नुपर्छ भन्ने हाम्रो धारणा यथावत रहेको छ ।’

युवा-विद्यार्थी संगठनका नेताले बिहिवार विज्ञप्ति जारी गर्दै एनसेलको सिम प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका थिए । बिहिवार सत्तारुढ नेकपा निकट युवा-विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै २४ घन्टाभित्र एनसेलले कर नतिरे विभिन्न दबाबका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए । युवा संघका अध्यक्ष रमेश पौडेलसहित अनेरास्ववियुकी अध्यक्ष नविना लामा, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: