बालिका बलात्कार अभियोगमा दुई पक्राउ « Nagarik Khabar

बालिका बलात्कार अभियोगमा दुई पक्राउ



भक्तपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका १० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका ७ का १९ वर्षीय विशाल तामाङ रहेका छन् ।

भक्तपुर नगरपालिका १ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका ९ गुम्देल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर उनीहरुले जबरजस्ती करणी गरेका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: